मधुमल्ला । स्वास्थ्य विमा कार्यक्रम लागु भएसँगै मधुमल्ला अस्पतालमा बिरामीको चाप दिनानुदिन बढ्दै गएको छ ।
बिरामीको चाप बढेसँगै अस्पतालका बेडहरु पूर्णरुपमा भरिएका छन् । मधुमल्ला अस्पतालमा दैनिक जसो एक सय भन्दा बढी बिरामीहरुले सेवा लिने गरेको अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. सरोजकुमार मन्डलले बताउनुभयो । मधुमल्ला अस्पतालमा सेवा सुरु भएसंगै अस्पतालले चौबिसै घन्टा गुणस्तरिय सेवा सुरु गरेकोमा स्थानियहरुमा राम्रो प्रभाब परेको स्थानिय भवानि प्रसाद चौहानले बताउनु भयो । मधुमल्ला अस्पतालले नियमित रुपमा बरिष्ठ एम.डि.जि.पि. डा. रोजी बखाधोले सेवा दिँदै आउनु भएको छ ।
अस्पतालमा झापा दमकको उत्तरी भाग र इलामको चुलाचुली गाउँपालिका ५ र ६ आसपासका बिरामीहरु स्वास्थ्य उपचारकालागि आउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय