उर्लाबारी । बेथेल एकाडेमी उर्लाबारी–७ का प्रिन्सिपल दिपक न्यौपाने निजी विद्यालयको छाता संगठन नेशनल प्याब्सन (एनप्याब्सन) प्रदेश नं. १ को सदस्यमा मनोनित हुनुभएको छ ।
लामो समयदेखि शैक्षिक क्षेत्रमा आबद्ध रही गुणस्तरीय शिक्षामा जोड दिँदै आउनुभएका न्यौपाने प्रदेश सदस्यमा मनोनित हुनुभएको हो । सामाजिक सेवामा पनि सक्रिय न्यौपानेले आर्थिक रुपमा विपन्नलाई निःशुल्कसमेत पढाउँदै आउनुभएको छ । एनप्याब्सन आबद्ध विद्यालयहरुको हकहितमा प्रतिबद्ध भएर लागि पर्ने न्यौपानेले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय