उर्लाबारी ।मोरङ फर्निचर उद्योग व्यवसायी संघमा सीताराम पाण्डेको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । शनिबार पथरी शनिश्चरे–१ भुल्के सिमसारमा भएको ८ औं वार्षिक चुनावी साधारणसभाबाट पाण्डेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको हो ।
नयाँ समितिका वरिष्ठ उपाध्यक्षमा सञ्जय शर्मा, उपाध्यक्षमा पूर्ण शर्मा धमला, महासचिवमा शेखरनाथ दाहाल, सचिवमा दलबहादुर राई र कोषाध्यक्षमा सागर शर्मा रहेका छन् । यस्तै, जंगबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि चयन भएको छ ।
आठौं वार्षिक चुनावी साधारणसभामा तेजबहादुर निरौलाको अध्यक्षता, सचिव शेखरनाथ दाहालको सञ्चालन र उपाध्यक्ष सञ्जय शर्माको स्वागत मन्तव्य रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय