
उर्लाबारी । २००९ देखि निरन्तर जेसीज अभियानमा सक्रिय उर्लाबारीका सिताराम ओझा यस पटक उर्लाबारी जेसीजको अध्यक्ष बन्ने सम्भावना छ ।
उर्लाबारी जेसीजमा अध्यक्ष बन्ने लाइनमा ओझा अंग्रपंक्तिमा हुनुहुन्छ । यसअघि पटक पटक अध्यक्षको अवसर पाउँदासमेत कार्यब्यस्तताका कारण अन्यलाई छोड्दै आउनुभएका ओझा यस पटक उर्लाबारी जेसीजको अध्यक्ष बन्ने तयारीमा हुनुहन्छ । केही बर्षदेखि उर्लाबारी जेसीजले प्रभावकारी रुपमा गतिबिधि अघि बढाउन सकेको छैन ।