
उर्लाबारी । मोरङको उर्लाबारीमा जारी प्रथम उर्लाबारी भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा युनाइटेड भेट्रान विराटनगर पुगेको छ ।
आज अन्तिम सेमिफाइनल खेलमा युनाइटेड भेट्रानले दुधे भेट्रान शिवसताक्षीलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । पहिलो हाफमा निरञ्जन बस्नेतले गोल गर्दै युनाइटेड भेट्रानलाई अग्रता दिलाए । दोस्रो हाफमा युनाइटेडका रुद्र खड्काले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए । खेलमा दुधेका खेलाडीहरुले पनि राम्रो अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । युनाइटेड भेट्रान विराटनगरले भोली धरान भेट्रान सुनसरीसँग उपाधिका लागि भिड्ने आयोजकका सदस्य सञ्जिब सुवेदीले जानकारी दिनुभयो ।