
उर्लाबारी । उर्लाबारी–७ मा क्रिएटर आर्टस् फाउण्डेशन सञ्चालनमा आएको छ ।
उर्लाबारी–७ का विक्की ठकुरी, उर्लाबारी–१ का सुमन राई र दमक–३ का खेमराज विश्वकर्माले संयुक्त लगानीमा फाउण्डेशन सञ्चालनमा ल्याएका हुन् । करिब २५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको फाउण्डेशनमा गायन, नृत्य, जुम्बा, मेकअप, ब्यक्तित्व विकास तालिमलगायत प्रशिक्षण दिइने सञ्चालक विक्की ठकुरीले जानकारी दिएका छन् । उक्त फाउण्डेशनमा अनुभवी तथा दक्ष प्रशिक्षकहरुबाट विद्यार्थीहरुलाई प्रशिक्षण दिने उनको भनाई छ । सो फाउण्डेशनमा अहिले १ सय भन्दा बढीले विभिन्न विद्यामा प्रशिक्षण लिइरहेका छन् । फाउण्डेनको मोरङ क्षेत्र नं. १ (१) का सांसद उमाकान्त गौतमले उद्घाटन गर्नुभएको थियो ।