
उर्लाबारी । मोरङको उर्लाबारी–६ मा रहेको सामुदायिक विकास मञ्चको नयाँ नेतृत्व चयन भएको छ ।
९ औं चुनाबी तथा २५ औं बार्षिक साधारणसभाबाट अध्यक्षमा प्रेम बोहोरा सर्वसम्मत निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा घनेन्द्रप्रसाद दुलाल, सचिबमा महेन्द्र बोहोरा, सह–सचिबमा निर्मला काफ्ले नेपाल र कोषाध्यक्षमा दिपेश नेपाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा निर्मल खड्का, मानबहादुर धिमाल, बबिता खतिवडा ढुंगाना र बेदनिधी पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन संयोजक नारदमणि नेपालले जानकारी दिनुभयो । २०५५ सालमा स्थापना भएको उक्त संस्थाले विशुद्ध सामाजिक काम गर्दै आएको छ ।