नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि. पाठशाला सेवा केन्द्र उर्लाबारीको शाखागत २४ औ.साधारणसभाको उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले उद्घाटन गर्नुभएको छ ।
सोमबार उर्लाबारी उवासंघको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि खरेलले न्यूनआय स्तर भएका मानिसहरुको जीवन स्तर उकास्नको लागि सहकारीहरको दायित्व भएपनि केही मानिसको ब्यक्तिगत स्वार्थका कारणले समग्र सहकारीहरुले जनस्तरमा राम्रो सेवा दिन नसकेको भन्दै चिन्ता प्रकट गर्नुभयो । उहाँले व्यवसायीक र रणनीति योजना निर्माण गरी सहकारी संस्थाहरुलाई क्रियाशिल बन्नुपर्नेमा जोड दिँदै सहकारीहरु आम नागरिकको साथीका रुपमा अघि बढ्नुपर्ने बताउनुभयो । मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेका सहकारी संस्थाहरुले बढीभन्दा बढी जनजीविकाका सवालमा योगदान गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सहकारिताको विकासलाई गाउँगाउँमा पुर्याउनुपर्ने बताउनुभयो। सहकारीमा आम नागरिकको पहुँच स्थापित गरी अघि बढ्न सके मात्रै सहकारी अभियानले फड्को मार्ने नगर प्रमुख खरेलको भनाई छ ।
कार्यक्रममा उर्लाबारी ५ का वडाध्यक्ष रविन लामा, ६ नम्बर वडाका वडाध्यक्ष चिन्तामणि पौडेल, नवोदय सहकारी पाठशाला सेवा केन्द्रका संयोजक दुर्गाप्रसाद खतिवडालगातले कार्यक्रममा मन्तव्य राखेका थिए । सो सहकारीका उपाध्यक्ष बलराम गजुरेलको संचालन रहेको कार्यक्रममा संस्थाका अध्यक्ष शरणकुमार पराजुलीको सभापतित्व रहेको थियो ।