उर्लाबारी । किरात राईहरुको सांस्कृतिक दृष्टिकोणले दोस्रो ठूलो चाड उधौली पर्वको पावन अवसरमा संस्कार र संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि मिक्लाजुङ–१ मा साकेला मिनि मेलाको आयोजना गरिएको छ ।
बढ्दो आधुनिकीकरण सँगै लोप हुने अवस्थामा पुगेको राई जातिहरुको साकेला सिली र प्राचिन संस्कारहरुको संरक्षण गर्ने, सूर्यदय र सूर्यास्तको लागि श्रीअन्तु पुग्न नपर्ने यस ठाउँबाट नै सजिलै दृष्यावलोकन गर्न सकिने, स्थानिय विभिन्न खेलहरुमा सहभागि भइ मनोरञ्जन र पुरस्कार जित्न सकिने विविध साकेला नृत्य लगायत अन्य संगीतिक कार्यक्रमको माध्यमबाट भरपुर मनोरञ्जन लिन सकिने, स्थानिय (लोकल) विभिन्न विविध खाद्य र पेय परिकारहरुको स्वाद लिन पाइने आयोजकले जनाएको छ । मेला २०७९ मंसिर २२ गते देखि २४ गतेसम्म सञ्चालन हुनेछ । भाले, बाघ चाल, छेलो हान्ने, बेलुन फुटाउने, डोरी तान्ने खेल, घैला फुटाउने, बाइक स्लो रेस, विविध संगीतिक कार्यक्रमसहित साकेला सिलि प्रस्तुत गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय