उर्लाबारी । मोरङको उर्लाबारीमा लिम्बु समुदायको महान चाड चासोक तङ्नाम मंसिर २२ गतेदेखि तीन दिनसम्म मनाइने भएको छ ।
उर्लाबारी–९ आम्बारीमा तीन दिन चासोक तङ्नाम मनाइने भएको हो । मंसिर २२, २३ र २४ गते चासोक तङ्नाम कार्यक्रम सञ्चालन गरिने किरात याक्थुङ चुम्लुङ नगर शाखा उर्लाबारीका उपाध्यक्ष अमर सेलिङले जानकारी दिनुभयो । धान नाच, झाँक्री प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहने उपाध्यक्ष सेलिङले जानकारी बताउनुभयो । महोत्सवमा छेलो हान्ने, डोरी तान्ने, म्युजिकल चेयर, हाँडिफोरलगायतका लिम्बु समुदायको मौलिक खेलहरु सञ्चालन गरिने अध्यक्ष बानु सुब्बाले बताउनुभयो । चासोक तङ्नाम भब्य रुपमा मनाउन विभिन्न उपसमिति पनि गठन गरिएको छ ।
आर्थिकमा कर्ण मादेम्बा, सांस्कृतिकमा सुरेन्द्र शेर्मा, मेलामा नारथ लुङ्फुङ्वा, स्वम्सेवकमा राजन लिम्बू, प्रचारप्रसारमा अमर सेलिङ, खेलकुलमा विजय आङ्बुहाङ, पुजा ब्यवस्थापनमा सागर खलङ र अतिथि सत्कारमा अम्बिका लिम्बूलाई संयोजकत्वमा समिति गठन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय