
उर्लाबारी । शालिन छविकी नेतृ हुनुहुन्छ, शोभा चेम्जोङ पालुङ्वा । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा उहाँ नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रदेशसभा सदस्यको बन्द सूचीमा पर्नु भएको छ । उहाँ यतिबेला प्रत्यक्षतर्फ वामलोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन र समानुपातिकतर्फ आफुलाई रुखमा मतदान गर्न अपिल गरिरहनुभएको छ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि उहाँ नेपाल महिला संघको केन्द्रीय सदस्य भई काम गरिसक्नुभएको छ ।
महिला सशक्तिकरणका सवालमा सशक्त आवाज उठाउँदै आउनु भएकी पालुङ्वा महिला अधिकारकर्मीको रुपमा परिचित हुनुहुन्छ । उर्लाबारी– ५ निवासी पालुङ्वा एकल महिला हुनुहुन्छ ।
कांग्रेस क्षेत्रीय सभापति रहनु भएका उहाँका श्रीमान सनम पालुङ्वाको अल्पायुमै निधन भइसकेको छ । हाल एक छोराका साथमा जीवन निर्वाह गर्दै आउनुभएकी उहाँ कांग्रेस राजनीति र महिला हकहितका सवालमा आफूलाई समर्पित गरेको बताउनुहुन्छ । प्रदेशसभा सदस्य भएर जनताको हकहित र विकास निर्माणलगायतका कार्यमा लाग्न तीब्र इच्छा रहेको उहाँको भनाई छ । उहाँले प्रदेशसभा सदस्यमा आफुलाई रुख चुनाब चिन्हमा मतदान गरिदिन अपिल गर्नुभएको छ । सरल र मिलनसार स्वभावकी पालुङ्वाले दिगो विकास र समृद्धिका लागि वामलोकतान्त्रिक गठबन्धन भएको बताउनुभयो ।