
अनिल चौहान
उर्लाबारी । मोरङको मिक्लाजुङको मधुमल्ला बजार क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घरदैलो कार्यक्रम गरेको छ ।
मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार होम गौतम, मोरङ क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्यका उम्मेद्वार पूर्ण वाइवासहित मधुमल्ला बजार क्षेत्रमा घरदैलो कार्यक्रम गरिएको हो । प्रदेशसभा सदस्यका उम्मेद्वार वाइबाले राप्रपाको चुनाब चिन्ह हलोमा मतदान गरी विजयी गराउन मतदाताहरुलाई अपिल गर्नुभयो । मोरङ क्षेत्र नं. १ को योजनाबद्ध तरिकाले विकास गर्ने योजनासहित राप्रपाका उम्मेद्वार जनताको घरदैलोमा पुगिरहेको उहाँले जानकारी दिनुभयो ।