
उर्लाबारी । मोरङ क्षेत्र नं. १ मा वाम लोकतान्त्रिक गठबन्धन विजयी गराउन लेटाङमा दिपकचन्द्र राईको अध्यक्षमा नगर निर्वाचन परिचालन समिति गठन भएको छ ।
मोरङ क्षेत्र नम्बर १ (२) निर्वाचन परिचालन समितिकी संयोजक शान्ति पाख्रिनको उपस्थितिमा गठन भएको समितिको सह–संयोजकमा शान्ता राई, सचिवमा योगेन्द्र राई रहनुभएको छ । भेलाले आर्थिक समिति, युवा समिति, मत सर्वेक्षण समिति, अनुशासन अनुगमन ,मूल्यांकन समिति, मत शिक्षा समिति समेत गठन गरिएको छ ।