
उर्लाबारी, उर्लाबारी नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समितिका संयोजक मीना खतिवडा पौडेलसहितको टोलीले सोमबार ८ नम्बर वडाका निर्माणधीन र बन्नै लागेका संरचना्को अनुगमन तथा निरीक्षण गरेको छ । स्थानीय जरुवापानीमा निर्माणधिन अवस्थामा रहेको वडा कार्यालय भवन र स्वास्थ्य चौकी परिसरको टहराको निर्माण कार्यको प्रगति अवस्थाको अनुगमान गरिएको हो । दुर्गापुरीमा अवस्थित आयुर्वेद औषधालय परिसरमा बन्ने संरचनाको पनि स्थलगत अनुगमन गरिएको छ ।
अनुगमन पश्चात निर्माणाधिन संरचनाको काम सन्तोषजनक रहेको बताउदै उपप्रमुख पौडेलले कामको तीब्रता र गुणस्तरीयताको मापदण्ड पु¥याएर चाडैँ काम गर्नुपर्ने औल्याउनुभयो । ‘नगरको बजेटमार्फत वडाहरुमा विभिन्न भौतिक पूर्वाधार निर्माण भइरहेका छन्, के–कति निर्माण प्रगति भए टोली बनाएर तिनीहरूको अनुगमन थालेका छौँ’, उहाँले भन्नुभयो ।
अनुगमनमा उपप्रमुखसहित उर्लाबारी ८ का वडाध्यक्ष कुलबहादुर कार्की, वडासदस्यहरु, नगरपालिकाका इन्जिनियर तथा प्राविधिकहरु सम्मिलत रहेका थिए ।