
उर्लाबारी । मोरङ क्षेत्र नं. १ (२) मा वाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिति गठन गरिएको छ । मोरङ क्षेत्र नं. १ (२) का प्रदेश सदस्य उम्मेद्बार तथा यातायात ब्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेसहितको उपस्थितिमा भएको बैठकले उक्त समिती गठन गरेको हो ।
समितिको संयोजकमा शान्ति पाख्रिन लामा, सह–संयोजक बालकुमार चेम्जोङ, सचिव भूपेश लिम्बू , सदस्यमा कमल खड्का, ढकबहादुर श्रेष्ठ, प्रेम चाम्लिङ, विमल राई, मेघनाथ तामाङ, हस्तबहादुर राई, किशोर राई, रोहित कटुवाल, बिन्दा श्रेष्ठ,वासु घिमिरे र डिल्ली तिम्सिना रहनुभएको छ । नेपाली कांग्रेस,नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजबादी पार्टीका उम्मेद्वारलाई बिजय गराउन आवश्यक तयारीका लागि निर्वाचन परिचालन समिति गठन गरिएको संयोजक लामाले जानकारी दिनुभयो ।