
दमक । सर्पको डसाईबाट झापाको दमकमा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका – २ का वडा अध्यक्ष प्रजापति सापकोटाकी नातिनी श्रुति सापकोटा रहेको प्रहरीले जनाएको छ । उनी गौरादह नगरपालिका वडा नम्बर ९ बैगुन्धुरा मावलमा दशैंको टिका लगाउन गएकी थिइन् ।
उनलाई बुधवार राति गोमन सर्पले डसेको बताइएको छ । भुइँमा ओछ्यान लगाएर सुतेको बेला राति साढे एक बजेतिर बालिकालाई सर्पले डसेको र उपचारका लागि लाईफलाईन अस्पताल दमक ल्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
मृतक बालिका नेपाल कम्युनिष्ट पार्टी (एमाले ) को भगिनी संगठन अखिल नेपाल महिला संघ १ नम्वर प्रदेश कमिटी अध्यक्ष शुभेच्छा सापकोटा तथा टेकनाथ सापकोटाकी छोरी हुन् ।