
उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित गोले टोलका धनबहादुर तामाङ्ग (थेवा)को घुम्ती पसलमा हात्तीले क्षति गरेको छ ।
आज विहान ३ बजे आएको हात्तीले दोकान भएको घर भत्काएर सामान नष्ट गरेको स्थानीय संजिब सुबेदीले जानकारी दिनुभएको छ । हात्तीले दोकान घर र सामान नष्ट गर्दा करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको छ । तामाङले घर छेउमा एउटा कोठाको पसल बनाउनुभएको थियो ।