उर्लाबारी। उर्लाबारी नगरपालिकाको आह्वानमा बुधबार उर्लाबारी चौक लगायतका स्थानमा सरसफाई गरिएको छ । विहान ७ बजेबाट उर्लाबारी चौकलगायत बजार क्षेत्र सरसफाई गरिएको हो ।

नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वडाका जनप्रतिनिधिहरु, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, बारुण यन्त्र टिम, कर्मचारी, स्थानीयबासीहरु को उल्लेख्य सहभागितामा बजार क्षेत्र सरसफाइ गरिएको थियो । सरसफाई अभियानमा सशस्त्र प्रहरी बल उर्लाबारी वेस क्याम्पका प्रहरी निरीक्षक मनोज निरौला, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक मिलनजंग थापाको सक्रिय सहभागिता रहेको थियो ।
उर्लाबारी बजार सरसफाइ अभियानलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले स्वस्थ रहनका लागि सरसफाइ अनिवार्य भएको जनाउदै स्वच्छ वातावरण बनाउन र सहरी सौन्दर्यकरणलाई कायम राख्नका लागि योगदान दिन सबैलाई आग्रह गर्नुभयो । सरसफाई अभियानकै क्रममा विभिन्न स्थानमा विरुवासहितका गमलाले बजार क्षेत्र सजावट समेत गरिएको छ । नगरलाई सरसफाईमा नमुना वनाउन सरसफाईका योजनाहरु अघि सारिएको नगरपालिकाका प्रमुख खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय