
उर्लाबारी । मोरङको उर्लाबारी–७ मा आफ्नै भवनमा मैथिली समाज सेवा समितिको कार्यालय सञ्चालन गरिएको छ ।
बर्षौदेखि भाडामा समितिको कार्यालय सञ्चालन हुँदै आएको थियो । आज मोरङ क्षेत्र नं. १ (क) का निवर्तमान प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले कार्यालयको उद्घाटन गर्नुभयो । उहाँले कार्यालय उद्घाटन गर्दै सामुदायिक भवन निर्माणका लागि पहलकदमी दिने प्रतिबद्धता जाहेर गर्नुभयो । निवर्तमन प्रदेश सांसद लिम्बूले भन्नुभयो–‘सामुदायिक भवन बनाउन मेरो पहलदमी रहनेछ, तपाईहरु अघि बढ्नुहोस् ।’
समितिका अध्यक्ष पवन चौधरीको सभापतित्वमा भएको कार्यक्रममा मैथिली समाजका अगुवाहरुको उल्लेखिय सहभागिता रहेको थियो । घेराबाराको लागि प्रदेश निर्वाचन क्षेत्र विकास कोषबाट निवर्तमान प्रदेश सांसद लिम्बूले ५ लाख रुपैयाँ रुपैयाँ विनियोजन गर्नुभएको थियो । सामुदायिक भवन निर्माणका लागि दुई कट्ठा जग्गामा घेराबारा गरिएको छ । घेराबारामा १२ लाख भन्दा बढी रकम खर्च भइसकेको कोषाध्यक्ष नरेश शर्माले जानकारी दिनुभयो । उर्लाबारी वडा नं. ७ का समाजसेबी महेन्द्र कार्कीले एक कट्ठा निःशुल्क जग्गा दिनुभएको छ भने एक कट्ठा समितिले खरिद गरेको उपाध्यक्ष दशरथ यादब (बेचन) ले बताउनुभयो ।