उर्लाबारी। उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले दुगापुरीमा अवस्थित प्रहरी चौकी भवनको शुक्रबार निरीक्षण गर्नुभएको छ । चौकीको दुई तले पक्कि भवन जीर्ण बनेको छ । सो भवनको ‘पुननिर्माण वा मर्मतसम्भार के गर्ने’ भन्ने बुझ्न मेयर खरेलसहित वडाध्यक्ष नरबहादुर तामाङले प्रहरी चौकी भवनको निरीक्षण गर्नुभएको हो । मेयर खरेलले प्रहरी कर्मचारीको बासस्थानदेखि नागरिकलाई दिने सेवाका बारेमा समेत चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक ध्रुव्रराज सेढाईसंग जानकारी लिनुभएको थियो । भवनको छत र दिवाल जीर्ण हुँदा वर्षायाममा पानीले कोठा नै हिलाम्य हुन्छ’ असई सेढाईले भन्नुभयो, ‘घामलाग्दा गर्मीले सुत्न सकिदैन । हिउँदमा छानोले शीत समेत छेक्दैन ।’ चौकीले जनशक्ति अभाव र भौतिक संरचनाको कठिनाइ विगतदेखि नै झेल्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय