
उर्लाबारी, उर्लाबारी ९ नम्बर वडाको खोपीडाँडास्थित मावा खोला पुलतर्फ जाने बाटोमा कल्भर्ट नहुँदा स्थानीयले वर्षौदेखि हैरानी खेप्दै आएका छन् । मावामा पुल बनेपनि मोरङतर्फ दलदले होलीका कारण आवातजावतमा समस्या पर्दै आएको छ ।
स्थानीयबासीका कठिनाइलाई मध्यनजर राख्दै उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले शुक्रबार सो स्थलको निरीक्षण गर्नुभएको छ । वडाध्यक्ष नरबहादुर मोक्तानसहित पुग्नुभएका मेयर खरेलले द्रुत गतिमा कल्भर्ट निर्माणको काम हुने बताउनुभयो । उहाँले टेण्डरको प्रक्रिया पुरा हुनासाथ बाटोमा कल्भर्ट निर्माणको काम अगाडि बढाइने जानकारी दिनुभयो । कल्भर्ट नहुँदा जनजीवन प्रभावित भएपछि नगरप्रमुख खरेलले पहलकदमी लिएर निर्माणको काम अगाडि बढाउन अग्रसर हुनुभएको हो ।