
उर्लाबारी । उर्लाबारी हलुका सवारी चालक समूहले पूर्वपश्चिम राजमार्गअन्तरगत उर्लाबारी चौकको तीन स्थानमा जेब्राक्रस निर्माण गरेको छ ।
वाटरप्रुफ रंगको प्रयोग गरी जेब्राक्रम निर्माण गरिएको समूहका दुर्घटना संयोजक सर्वजित भण्डारीले जानकारी दिनुभयो । जेब्राक्रस मेटिएर नदेखिने अवस्थामा पुग्दा पनि सम्बन्धित निकायले ध्यान नदिएपछि हलुका सवारी चालक समूहले उर्लाबारी ट्राफिकको सहकार्यमा जेब्राक्रस निर्माण गरेको उहाँको भनाई छ ।
चाडपर्वसँगै भिड बढेको र जथाभाबी सडक वारपार गर्दा दुर्घटनाको जोखिम हुने भएकाले मुख्य उर्लाबारी चौक क्षेत्रमा जेब्राक्रम निर्माण गरिएको समूहका अध्यक्ष विनोद दाहालले बताउनुभयो । करिब २८ हजार रुपैयाँको वाटरप्रुफ रंग खरिद गरी आफैंले जेब्राक्रस बनाएको उहाँले जानकारी दिनुभयो ।