उर्लाबारी । मोरङको उर्लाबारी–३ मा रहेको निलम बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा प्रभू राई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
आज भएको तेस्रो चुनाबी तथा १० औं बार्षिक साधारणसभाले अध्यक्षमा राईलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । उपाध्यक्षमा कृष्णराज गिरी, सचिबमा सञ्जिब बुढाथोकी र कोषाध्यक्षमा रमेश श्रेष्ठ रहनुभएको छ भने सदस्यहरुमा विनी चेम्जोङ लिम्बू, कृष्ण धिमाल र सुमन कार्की रहनुभएको छ । त्यस्तै, लेखा समितिको संयोजकमा दिनेश परियार तथा सदस्यहरुमा सविना धिमाल र कमला धिमाल रहनुभएको छ । उर्लाबारी वडा नं. ३ का वडाध्यक्ष एबं प्रवक्ता भीष्मराज बुढाथोकीको प्रमुख आतिथ्यता एबं संस्थाका अध्यक्ष रोमन थापा मगरको सभापतित्वमा भएको साधारणसभा सचिब सञ्जिब बुढाथोकीले सञ्चालन गर्नुभएको थियो । संस्थाले उत्कृष्ट कारोबार गर्नेहरुलाई सम्मानसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय