उर्लाबारी । मोरङको उर्लाबारी–५ मा युवा मन  स्टुडियो सञ्चालनमा आएको छ ।
विश्वकर्मा पूजाको अवसरमा उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीले स्टुडियोको उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै अध्यक्ष भण्डारीले सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा उर्लाबारी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष प्रितम खड्गी, सदस्य नुतन राई, युवा ब्यवसायी प्रभू राईलगायतको सहभागिता रहेको थियो । उर्लाबारी–६ का छबी श्रेष्ठले १० लाख रुपैयाँको लगानीमा स्टुडियो सञ्चालनमा ल्याउनुभएको छ । उहाँले फोटो, भिडियो, कप प्रिन्ट, फोटो फ्रेम, डिजाइनलगायतका कामहरु स्टुडियोमार्फत गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय