उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित जेष्ठ नागरिक एकता समन्वय केन्द्रले पत्रकार हरि कोइरालालाई पुरस्कृत गरेको छ ।
जेष्ठ नागरिकहरुको हकहितमा योगदान गरेको भन्दै गोरखापत्र दैनिकका समाचारदाता कोइरालालाई नगदसहित सम्मान पत्रले उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले पुरस्कृत गर्नुभएको हो । लामो समयदेखि कोइराला पूर्वी मोरङमा रहेर कलम चलाउँदै आउनुभएको छ ।
जेष्ठ नागरिक एकता समन्वय केन्द्रको चुनाबी साधारण सभाबाट पुनः धर्मप्रसाद भण्डारीको अध्यक्षतामा ११सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ । उपाध्यक्षमा दिलकुमारी शाक्य, सचिवमा भवानी प्रसाद गौतम, सह–सचिवमा भिमबहादुर राई र कोषाध्यक्षमा पूण्यप्रसाद भूर्तेल रहनुभएको छ । सदस्यहरुमा दुण्ड बहादुर परियार, मनकुमारी गुरूङ्ग, रूवीप्रसाद तिम्सिना, मानबहादुर श्रेष्ठ, ईन्द्रकला भण्डारी र मनमाया तामाङ्ग रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय