
उर्लाबारी । नेकपा माओवादीनिकट किसानहरु संगठित हुन थालेका छन् ।
आज मोरङको मिक्लाजुङमा राजु पोख्रेलको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल किसान महासंघ गठन भएको छ । किसानहरुको हकहितमा काम गर्दै आएको संगठनलाई थप चलयमान बनाउन संगठन विस्तार तीब्र पारेको नेकपा माओवादीका नेता दिनेश फ्यालले जानकारी दिनुभयो । पार्टीकी केन्द्रीय सदस्य ममता ताजपुरियाको प्रमुख आतिथ्यतामा भेला भएको थियो । त्यस्तै, उर्लाबारीमा पनि अखिल नेपाल किसान महासंघको तयारी भइरहेको नगर सचिब पवन चौधरीले जानकारी दिनुभयो ।