उर्लाबारी । सरकारले  खोला क्षेत्रबाट निकासी बन्द गरेपनि मोरङ र झापाको सिमानामा पर्ने मावा खोलाबाट बालुवा तस्करी हुने गरेको पाइएको छ ।
दैनिक ३ वटा ट्याक्टरले बालुवा तस्कारी गर्ने परेको पाइएको हो । पटक पटक प्रहरी प्रशासनलाई बालुवा तस्करी भइरहेको जानकारी गराउँदा पनि प्रहरी प्रशासनले ध्यान नदिएको स्थानीयले आरोप लगाएका छन् । जनताको तटबन्धन गैडेबाट बाँसको अस्थायी तटबन्धन गरिएको क्षेत्रबाट बालुवा तस्करी हुने गरेको छ । सञ्चार क्लब नेपालको जग्गा क्षेत्रबाट बालुवा तस्करी गर्नेहरुको पहिचान हुँदा समेत कार्वाही गर्न प्रहरीले चासो नदिएको सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष तथा सल्लाहकार केदार चौहानले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय