
उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकामा सामुदायिक क्याम्पस सञ्चालन भएको छ ।
शैक्षिक सत्र २०७९÷०८० को लागि ब्यवस्थापन संकायमा बि.बि.एस. प्रथम बर्षमा भर्ना खुलेको हो । प्रवेश आवेदन, भर्ना र मासिक शुल्क आर्थिक बर्ष २०७९÷०८० मा पूर्ण निःशुल्क, क्याम्पस सुविधायुक्त आफ्नै भवन, स्वच्छ शान्त वातावरण, योग्य दक्ष अनुभबी प्राध्यापकहरुको ब्यवस्था, पुस्तकालय र अतिरिक्त क्रियाकलापको ब्यवस्था तथा शैक्षिक भ्रमणको पनि ब्यवस्था रहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबी राईले जानकारी दिनुभयो । मिक्लाजुङमै उच्च शिक्षा पाउने भएपछि विद्यार्थीहरुमा खुशी छाएको छ । आफ्नै गाउँमा उच्च शिक्षा लिन पाएकोमा गाउँपालिकालाई विद्यार्थीहरुले धन्यवाद दिएका छन् ।