उर्लाबारी । मोरङको उर्लाबारीमा जनतासँग कांग्रेस अभियान कार्यक्रम भएको छ ।
आज नेपाली कांग्रेस क्षेत्र नं. १ (क) को आयोजनामा सो कार्यक्रम भएको हो । पार्टीका प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोको प्रमुख आतिथ्यता तथा मोरङ क्षेत्र नं. १(क) का सभापति नरबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश १ का सदस्य राजकुमार बराइलीलगायतका नेताहरुको सहभागिता रहेको थियो । कांग्रेसलाई मंसिर ४ गतेको निर्वाचनमा मजबुद बनाएर लैजान एकजुट भएर लाग्नु पर्नेमा सहभागीहरुले जोड दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय