उर्लाबारी । मोरङको उर्लाबारी–२ निवासी नेपाली कांग्रेसका नेता चिरञ्जीवी थापा मोरङ क्षेत्र नं. १ (क) को प्रदेशसभा सदस्यमा उम्मेद्वारी सिफारिस भएको छ ।
मंसिर ४ को प्रदेशसभा निर्वाचनका लागि थापाको नाम सिफारिस भएको हो । मोरङ क्षेत्र नं. १ को क्षेत्रीय बैठकबाट थापाको नाम अघि सारिएको छ । उर्लाबारी–२ सालबारीका स्थायी बासिन्दा थापा नेपाली कांग्रेसमा युवा नेताका रुपमा यतिबेला परिचित हुनुहुन्छ । सबैका प्रिय थापाको उम्मेद्वारी सिफारिस भएसँगै टिकट दिनु पर्ने कार्यकर्ताहरु बताउन थालेका छन् । २०४८ सालदेखि उर्लाबारी–२ मा रहेको सुनपकुवा माध्यमिक विद्यालयबाट नेपाली कांग्रेसको सचिब हुँदै राजनीतिमा होमिनु भएका थापाले २०५२ सालमा उर्लाबारी बहुमुखी क्याम्पसमा पनि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुभयो । उर्लाबारीमै जन्मिएका थापाले यस क्षेत्रको राजनिती र यस क्षेत्रका जनताले भोग्दै आएका समस्या तथा क्षेत्रको विकासका लागि अपनाउनु पर्ने विकासको मोडालिटीका बारेमा गहिरो अध्ययन गरी आफ्नो विकासको मोडालिटीलाई कार्यान्वयन गराउनका लागि प्रदेशसभाको निर्वाचनमा प्रतक्ष्यतर्फ उम्मेदवारी दिएको बताउनुहुन्छ । मोरङको क्षेत्र नं. १ ‘क’ को भुगोललाई राम्रोसँग बुझेका थापाले समग्र क्षेत्रको विकासका लागि (शिक्षा, स्वाथ्य, खानेपानी, विजुली, सडक) निर्माणको परम्परागत विकासको मोडालिटीलाई निरन्तरता दिँदै आधुनिक र प्रविधिमैत्री, युवा वर्ग लक्षित विकासका योजनाहरुलाई कार्यान्वयन गर्दै अघि बढाउने योजना छ । सबै जातिको उत्थान र संरक्षण हुने गरिको विकासको मोडालिटी लिएर आफु चुनावी मैदानमा उत्रिने तयारीमा रहेको उहाँको भनाई छ । उर्लाबारी बहुमुखी क्याम्पसको अध्ययन पश्चात उच्च शिक्षा हासिलका लागि जापान पुगेर अध्ययन गर्नुभएका थापाले विकसित देशको विकासको मोडालिटीलाई नजिकबाट निहाल्नु भएको छ । उहाँले विदेशमा रहँदा देखेको विकासको नमुनालाई यस क्षेत्रमा लगाउने प्रयत्नका साथ आफु निर्वाचनमा होमिएको बताउनुहुन्छ । उहाँले जापानमा रहँदा पनि देशको परिवर्तनको लागि नेपाली कांग्रेसले सुरुवात गरेका अभियानहरुमा हातेमालो गर्दै सक्रिय रुपमा लागि पर्नु भएको छ । वि.स. २०६२ अर्थात (सन् २००५० देखि नेपाली कांग्रेसको जापान जनसम्पर्क सदस्य भएर कांग्रेसको आन्दोलनमा सक्रिय रुपमा लागि पर्दै नेपाली कांग्रेसको १२ औँ र १३ औँ महाधिवेशनमा जापानबाट महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित हुनुभएको थियो । त्यसपश्चात वि.सं. २०६८ अर्थात (सन् २०११÷२०१२) मा उहाँले जापानमा भएको नेपाल फेष्टिबलमा उहाँले नेपालीहरुलाई चिनाउने भूमिका पनि निर्वाह गर्नुभएको छ । यस्तै वि.सं. २०६२ अर्थात सन् २००५ देखि एनआरएनको सदस्य भई अभियान्ताका रुपमा उहाँले नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै विश्वका दर्जन भन्दा बढी मुलुकहरुमा नेपालको सफल प्रतिनिधित्व भएको थियो । पछिल्लो समय उहाँले नेपालमै रहेर विदेशमा आफुले आर्जन गरेको शिक्षाको ज्ञान र व्यावसायी भएर भोगेका आफ्ना अनुभव र विकासका मोडालिटीलाई स्थानिय स्तरमा कार्यान्वयन गराउने उद्देश्यका साथ उम्मेदवारका रुपमा उभिन तयार भएको बताउनुहुन्छ ।
जनताको साथ सर्मथन र मत पाए विना संकोच क्षेत्रको विकास र युवाहरुलाई रोजगारको अवसर प्रदान गर्न कटिबद्ध भएर लाग्ने उहाँले उद्घोष गर्नुभएको छ । उहाँ कांग्रेसमा स्थानीयदेखि केन्द्रीयस्तरका सबै तहका नेताहरुसँग राम्रो सम्बन्ध विस्तार गर्ने क्षमतावान् नेता समेत हुनुहुन्छ । मोरङ क्षेत्र नम्बर १ मा लगानी भित्र्याउन सक्ने, ठूला प्रोजेक्टहरु ल्याउन सक्ने र विकासको गतिलाई टेवा दिन सक्ने क्षमताका युवा भएको कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।
ADVERTISEMENT