उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित श्रीसगरमाथा बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा धर्मराज शाक्यले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत शाक्यले अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । संस्थाको हितमा अहोरात्र खट्ने शाक्य उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्षलगायत विभिन्न संघसंस्थामा रहेर नेतृत्व गरेको अनुभव छ । सबैको साथ र सहयोगले यस पटक सर्वसम्मत अध्यक्ष बन्ने शाक्यको विश्वास छ । असोज ३ गते श्रीसगरमाथा साकोसको चुनाबी साधारणसभा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय