
उर्लाबारी । मोरङको उर्लाबारीमा आज पत्रकार सुमन घिमिरेलाई पुरस्कृत हुनुभएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघको ३४ औं साधारणसभामा घिमिरेलाई पाँच हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको सदस्य नुतन राईले जानकारी दिनुभयो । एकदशक बढीदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल घिमिरे हाल उर्लाबारीबाट सञ्चालित प्राइम एफएमको समाचार संयोजक रहनुभएको छ । संघले साधारणसभामा प्रत्येक बर्ष एक जना पत्रकार पुरस्कृत गर्दै आएको छ । गत बर्ष पत्रकार सरोज बस्नेतले यो पुरस्कार पाउनुभएको थियो । त्यो भन्दा अघि दुर्गाप्रसाद खतिवडा र रमेश भट्टराई ‘पाखे’ पुरस्कृत हुनुभएको थियो । संघका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा भएको सो सभाको सञ्चालन महासचिव हेमराज गुरुङले गर्नुभएको थियो ।