
उर्लाबारी । मोरङको उर्लाबारीका मुर्तिकार तथा कवि मञ्जुल मितेरीको कविता संग्रह कामी चाँडै बजारमा उपलब्ध हुँदैछ ।
जापानमा विश्वको सबैभन्दा ठूलो ढुंगामा बुद्धको मुर्ति निर्माण गरिरहनुभएका मितेरीको कविता संग्रह कामी चाँडै बजारमा उपलब्ध हुने भएको हो । मितेरीले यसअघि आस्था संयुक्त कविता संग्रह र अर्काको देशमा कथा संग्रह प्रकाशन गरिसक्नुभएको छ ।