उर्लाबारी । नेपाली काँग्रेस मोरङ क्षेत्र नं. ३ `क´ ले प्रदेश १ का लागि ४ जना उम्मेदवारीको नाम सिफारिस गरेको छ । बुधवार बसेको पार्टीको बैठकले नेपाली काङ्ग्रेस प्रदेश १ का वन वातावरण तथा भु संरक्षण मन्त्री शेखरचन्द्र थापा, नेपाली काङ्ग्रेस प्रदेश १ का प्रमुख सचेतक सुयर्माराज राई, पुर्व माहाधिबेशन प्रतिनिधी पर्सु कार्की, र पुर्व जिल्ला सदस्य सुशील राईलाई पार्टीले सिफारिस गरेको हो ।
पार्टी स्रोतले जानकारी दिए अनुसार उम्मेदवारको आकङ्क्षीमा १६ जना रहे पनि आन्तरिक सहमतीमा ४ जनाको नाम सिफारिस भएका हो । सिफारीस भएका ४ मध्ये युवा जोस जागर सहित प्रदेश १, मोरङ क्षेत्र नं. ३ `क´ मा उमेद्वार दावि गरेका सुशील राईको हिम्मतको चौतर्फी चर्चा हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय