
उर्लाबारी । मोरङको उर्लाबारी – ३ मा अपाङ्गता भएका व्यक्तिहरुका लागि भवन निर्माणसंगै थप जग्गा प्राप्तिको लागि प्रक्रिया अघि बढाइएको छ ।
उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलगायत स्थलगत अनुगमन गर्नुभएको हो । उर्लाबारी – ३ स्थित गुरु गोरुक्षनाथ आश्रमसंगै अपाङ्गता भएका व्यक्तिहरुका संस्था प्रयोजनको भवन निर्माणाधिन अवस्थामा रहेको छ । भवनले चर्चेको जमिनको भोगाधिकार र थप चार कट्ठा जग्गा उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको नगरप्रमुख खरेलको भनाई छ ।