
उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ७ को नमूना बाल गृहको मोरङ क्षेत्र नं. १ क का सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले अनुगमन गर्नुभएको छ ।
बाल गृहको अवस्थालगायतका बारेमा सांसद लिम्बूले चासो राख्नुभएको सञ्चालक समितिका सदस्य प्रलाद थापाले जानकारी दिनुभयो । प्रदेश सांसद लिम्बूको निर्वाचन क्षेत्र विकास कोषको ५ लाख रुपैयाँमा फलामे घेराबारा गरिएको छ । घेराबाराको पनि सांसद लिम्बूले अनुगमन गर्नुभएको छ । बाल गृह नेपालभरीकै नमूना भएकाले प्रदेश सरकारले रातो किताबमा राखेर २० लाख रकम छुट्याएको सांसद लिम्बूले बताउनुभयो । ५६ जना बालबालिकाको पालनपोषण गर्नु चानचुने कुरा नभएको सांसद लिम्बूको भनाई छ ।