उर्लाबारी । मोरङको उर्लाबारी–७ मा रहेको नारी संकल्प बचत तथा ऋण सहकारी संस्था लि.ले आज तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाकी अध्यक्ष सिता कार्कीको सभापतित्वमा उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा सो कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा महिलाहरुले नाचगानको साथै तीजको दरसमेत खाएर रमाइलो गरेका थिए । सद्भाव र एकताको रुपमा तीज बनाउनु पर्नेमा सहभागीहरुले बताएका छन् । कार्यक्रममा उर्लाबारी वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापा, सदस्य मनमाया तामाङ, सहकारीकर्मी जीवन बस्नेत, शिक्षासेवी सुवास सापकोटालगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा सहकारीका शेयर सदस्यहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय