उर्लाबारी । नेपाल पत्रकार महासंघ मोरङ शाखाले सञ्चार क्लव नेपाल उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गर्ने भएको छ ।
खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार २०७९ अग्रज पत्रकार खतिवडालाई प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीलाई कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ प्रदान गर्ने निर्णय भएको अध्यक्ष संजीव खनालले बताउनुभयो । पुरस्कारको राशी २५ हजार रहेको छ । दुवै पुरस्कार मोतिराम जयन्तीका अवसरमा भदौ ११ गते प्रदेश नम्वर १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा समर्पण गर्ने निर्णय गरिएको महासंघद्धारा आज सचिव नेत्र पी अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय