सिजुवा । मोरङको रतुवामाईमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्रीहरु वितरण गरिएको छ ।
रतुवामाई नगरपालिका, सामाजिक विकास मन्त्रालय प्रदेश नं।१ र करुणा फाउन्डेसनको त्रिपक्षिय साझेदारीमा संचालित अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत आज रतुवामाई वडा नं.५,६ र ७ का अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्रीहरु वितरण गरिएको हो । व्हील चियर, सेतो छडी, लौरो, कम्बोड चियर, बैशाखी लगायत वितरण गरिएको छ । उनीहरुलाई नगरप्रमुख नागेश्वरप्रसाद सिंह, उपप्रमुख दयमन्ता चुडाललगायतले सामाग्री हस्तान्तरण गर्नुुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख सिंहले राज्यले दिएको सुविधा सबै क्षेत्रमा पुगोस् भन्ने उदेश्यले सामाग्री वितरण गरीएको बताउनुभयो । यस प्रकारका सामाग्रीले दैनिक जिवनयापनमा केही सहयोग पुग्ने भन्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्वता जनाउनुभयो । यस्तै उपप्रमुख चुडालले वितरण गरिएका सामाग्रीहरुको भरपुर उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई सहज बनाउन नगरपालिका संधै तत्पर रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय