
उर्लाबारी । नेपाली कांग्रेसका नेता पून्यप्रसाद पौडेलको निधन भएको छ । नेपाली कांग्रेस साविक राजघाट गाविस पूर्वसभापति तथा क्षेत्रीय प्रतिनिधि पौडेलको उपचारको क्रममा नोबेल हस्पिटल विराटनगरमा निधन भएको हो । पौडेलको स्वास्थ्यमा समस्या आएपछि हस्पिटल भर्ना गरिएको थियो । पौडेलको आजै अन्तेष्टी गरिएको छ । नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोले इमान्दार छबी बनाउनु भएका अग्रज ब्यक्तित्व पौडेललाई गुमाउनु पर्दा दुःख लागेको बताउनुभयो । सह–महामन्त्री फागोले दुःखद निधन भएको हुँदा पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना ब्यक्त गर्नुभएको छ ।