
उर्लाबारी । मोरङको उर्लाबारीमा श्रीकृष्ण जन्माष्टमी पर्वलाई भव्य, सभ्य र हर्साेल्लासका मनाइने भएको छ ।
श्रीकृष्ण जन्माष्टमी रथ व्यवस्थापन नगर समितिले श्रीकृष्ण रथयात्रालाई उर्लाबारीको गरीमा र गहनाको रुपमा विकसित गराउँदै ऐतिहासिक बनाउने तयारी गरेको हो । भदौ ४ गते १० हजारभन्दा बढीको सहभागीतामा रथ निकाल्ने तयारी भइरहेको सचिब गजेन्द्र दंगालले जानकारी दिनुभयो । रथयात्रामा सहभागी हुन सम्पूर्ण उर्लाबारी नगरबासीहरुमा अपिल गरिएको छ । भदौ ३ गते पूजापाठ र ४ गते दिउँसो २ बजेदेखि रथयात्रा निकालिने सचिब दंगालको भनाई छ । राधाकृष्ण मन्दिरको प्राङ्गण, उर्लाबारी–७ बाट सुरु हुने रथयात्राले नगर परिक्रममा गर्ने जनाइएको छ ।