
उर्लाबारी । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज नगर कमिटीको अध्यक्षमा तिलक नेपाली सर्वसम्मत चयन हुनुभएको छ ।
उर्लाबारी–५ स्थित हाम्रो साकोसको सभाहलमा आज सम्पन्न प्रथम नगर अधिवेशनले नेपालीको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा गीता गजमेर, सचिवमा राजिव दियाली, सहसचिवमा टिकाराम विश्वकर्मा र कोषाध्यक्षमा देवी पाँचकोटी चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा खगेन्द्र बराइली, तारा बराइली, सन्तोष सुन्चौरी, शुक्र विश्वकर्मा, हेमकुमारी नेपाली, सुशीला कार्की ढोली, रुद्र लकान्द्री, सीतादेवी रम्तेल, सुनिता नेपाली, तोया नेपाली, पहलमान नेपाली कृष्णकुमारी विश्वकर्मा, अम्मर बराइली, रुपनारायण नेपाली, उमा बराइली, भक्तबहादुर रसाइली, सीता सुन्चौरी, कमला वर्देवा चाहार, सुनिता चाहार, अमृता दास, मानबहादुर विक, निर्मला विक, भूमिका बराइली, मीना विश्वकर्मा रहनुभएको छ । त्यस्तै, दुर्गा विश्वकर्मा, भिमबहादुर मग्रान्ती, सन्तोष रसाइली, प्रेमकुमारी विश्वकर्मा, खड्गबहादुर दर्जी, अरुणा विक, मनमाया ल्वागुन, टिका नेपाली, टिका बराईली, जीवन गजमेर, दुर्गा ल्वागुन, कविता शिवा, गोमा सुन्दास, गोपाल दर्नाल, लक्ष्मी शिवा, प्रतिमा लावर, उदिनबहादुर विश्वकर्मा, दिपेन्द्र विक, कल्पना रोक्का, मैना दर्जी, मीना लामिछाने, लिला भुसाल, अनिता बर्देवा, काजी विक र सूर्य भुसाल सदस्य रहनुभएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशन गंगा गजमेरको अध्यक्षतामा भएको थियो । अगुवा कृष्ण वर्देवाले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चालक तिलक नेपालीले गर्नुभएको थियो ।