उर्लाबारी । मोरङको उर्लाबारी–१ लक्ष्मीझारमा हात्ती आंतक मच्चाएको छ । स्थानीय पुकार श्रेष्ठको आज राति १२ बजे आएको जंगली हात्तीले ४० मन चामल नष्ट गरिएको उर्लाबारी वडा नं. १ का अध्यक्ष तिलक पाण्डेले जानकारी दिनुभयो । धान कुटाएर चामल भकारी राखेको अवस्थामा हात्तीले क्षति गरेको उहाँले बताउनुभयो । उर्लाबारी–१ मा बर्षेनी हात्तीले दुःख दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय