झापा,  झापा मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा पुरानो मेचीपुल स्थीतबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा झापा बाह्रदशी गाँउपालिका ६ बिहीबारे बस्ने ३० बर्षीय पुरन राई र सप्तरी बोदे बर्साईन घर भई हाल झापा विर्तामोड नगरपालिका वडा नं. १ भगवान चौक स्थितमा डेरा गरी बस्ने ३५ बर्षीय नागेन्द्र कुमार यादव रहेका छन् ।
हिजो दिनको साँढे ४ बजे ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्र.३-०१-०२४ च ८००० नम्वरको गाडीलाई शंका लागि चेकजाँच गर्दा चालक रहेका राई र सवार यादवको साथबाट लागुऔषध ब्राउन सुगर २ ग्राम, ८०० मिलिग्राम फेला परेको थियो ।
पक्राउ परेका दुवैको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय