
उर्लाबारी । मोरङको उर्लाबारी– ४ आइतबारेमा आज साँझ दुर्घटना भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी– ४ आइतबारेमा पूर्व बाट पश्चिम जाँदै गरेको कार र पश्चिमबाट पूर्व आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको ट्राफिक प्रहरी उर्लाबारीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको पाइएको छ । दुर्घटनामा परि कुनै मानविय क्षति भन्ने नभएको जनाइएको छ । थप जानकारी दिने प्रयास भइरहेको छ ।