
पथरी । पथरीशनिश्चरे–९ मा आज बिहान मृत अवस्थामा एक बालक भेटिएको छ ।
कुलोमा डुबेर मृत अबस्थामा स्थानीयले बालक भेटेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पथरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । मृतक बच्चा कस्को हो भन्नेबारे खुलिनसकेको प्रहरीले जानकारी दिएको छ ।