
उर्लाबारी । मोरङ्ग मिक्लाजुङ गाउँपालिका–४ का वडाध्यक्ष बिशाल राईलाई मातृ शोक परेको छ ।
वडाध्यक्ष राईकी आमा ताराकुमारी राईको बुधबार उपचारको क्रममा नोबेल हस्पिटल बिराटनगरमा निधन भएको हो । बिगत केही दिन देखि उपचारका लागि ताराकुमारीलाई नोबेल हस्पिटल भर्ना गरिएको थियो । उहाँको अन्तेष्टी अनुसार बिहिबार गरिने पारिवारीक स्रोतले जनाएको छ ।