उर्लाबारी । राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन उर्लाबारी नगर अध्यक्ष इन्द्र लामालाई साधारण सदस्यसमेत नरहने गरी कार्वाही गरिएको छ ।
राप्रपा उर्लाबारी नगर कार्य समिति र अनुशासन समितिको आकस्मिक बैठकले लामालाई साधारण सदस्यसमेत नरहने गरी कार्वाही गरेको हो ।
निर्वाचनको मुखमा नेकपा एकीकृत समाजवादी परित्याग गरी राप्रपामा वडाध्यक्षको अभिलाषासहित लामा प्रवेश गरेको भएपनि निर्वाचनमा टिकट नपाएको झोकमा आफ्नै पार्टीको उम्मेद्वारविरुद्ध भित्री रूपमा मोर्चाबन्दी आरोप लगाइएको छ । लामाले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनमा रही आफ्नो पदीय मर्यादा र पार्टीको हित विपरित अवञ्चित गतिविधि गरेको साथै सामाजिक सञ्जालमा पार्टीलाई आँच आउने खालका पोष्ट गरेको जनाइएको छ । त्यस्तै, लामालाई प्रोत्सान स्वरुप कमेन्ट गर्ने जिल्ला सह–सचिव राजकुमार भट्टराईलाई समेत जिल्ला कार्य समिति मार्फत कारवाहीको सिफारिस गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय