
उर्लाबारी । हरियाली बाल क्लब उर्लाबारी–२ र थ्री जिरो युवा क्लबको संयुक्त आयोजना मोरङको उर्लाबारीमा विरुवा रोपिएको छ ।
उर्लाबारी नगरपालिका वडा नं. २ को वडा कार्यालय परिसर र सुनपकुवा माध्यमिक विद्यालय परिसरमा शनिबार विभिन्न जातका बिरुवा रोपिएको हो । उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजन कँडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबका सदस्यलगायतको उपस्थितिमा बिरुवा रोपिएको छ । वडा कार्यालय परिसरमा ७० वटा र सुनपकुवा माध्यमिक विद्यालयमा ३० वटा बिरुवा रोपिएको हरियाली बाल क्लबका अध्यक्ष सक्षम भण्डारीले जानकारी दिनुभयो । सेक्टर वन कार्यालय मंगलबारेले बिरुवा उपलब्ध गराएको थियो ।