उर्लाबारी/ क्यान्सर पिडित नेत्रकुमारी धिमालकाे उपचारका लागि आर्थिक सहयाेग गर्न धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले अपिल गरेकाे छ ।
धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका सदस्य तथा पुर्व सञ्चारकर्मी नेत्रकुमारी धिमाल लामाे समयदेखि स्तन क्यान्सरबाट पिडित छन् । लामाे समय सम्म उपचार गर्नु पर्ने बाध्यता र आर्थिक अवस्था कमजाेर भएकाे कारण अहिले उपचारमा समेत समस्या भएकाे छ ।

३ वर्षिया छाेरीकी आमा समेत रहेकी उनी सामाजिक, साँस्कृतिक क्षेत्रमा नेतृत्व गर्दै आएकी थिईन । दमक-३ दाेघरे, झापा निवासी उनकाे भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेकाे छ । उनकाे उपचारमा सहयाेग पुर्याउने हेतुले धिमाल जातीय विकास केन्द्रले केन्द्रीय उपाध्यक्ष शान्तिदेवी धिमालकाे संयाेजकत्वमा ‘नेत्रकुमारी धिमाल बचाउ अभियान समिति’ गठन गरेर सहयाेग संकलन गर्ने निर्णय गरेकाे छ । अभियान समितिले सहयाेगी मनहरुलाई धिमाल जातीय विकास केन्द्र, राहत काेष बैक खाता नं. १०३०००४२CA (प्राईम कमर्सिय बैंक, उर्लाबारी) वा अभियान समितिका सदस्यहरुलाई सम्पर्क गरि सहयाेग गर्न आब्हान गरेकाे छ । धिमाल जातिय विकास केन्द्रले उपाध्यक्ष शान्तिदेवि धिमाल संयाेजक रहने गरि ९ सदस्य अभियान समिति निर्माण गरेकाे छ । सदस्यहरुमा मातृका धिमाल, रत्नबहादुर धिमाल, अजितकुमार धिमाल, मणिराज धिमाल, राेमान्सी धिमाल, माेहनकुमार धिमाल, सुरेन्द्र धिमाल, श्रीप्रसाद धिमाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय